दफा ६
नेपाल सरकार वादी हुने
(१) दफा ५ अन्तर्गत दण्ड सजाय हुने कसूरको अभियोगमा चलाइने मुद्दा नेपाल सरकार वादी हुनेछ र त्यस्तो मुद्दा अदालतमा घटीमा इन्स्पेक्टर दर्जाको प्रहरीबाट दायर हुनेछ ।
(२) कसैले दफा ५ अन्तर्गत सजाय हुने अपराध गरेको छ वा गर्ने उद्योग गरेको छ भन्ने शंका गर्नुपर्ने मनासिब माफिकको कारण भएमा जुनसुकै प्रहरीले त्यस्ता व्यक्तिलाई विना वारेण्ट गिरफ्तार गरी कारवाहीका लागि आफ्नो अधिकारीमा घटीमा इन्स्पेक्टर दर्जाको प्रहरी समक्ष पेश गर्नेछ ।