दफा १४६
नेपाल सरकार वादी हुने
(१) दफा १४० बमोजिमको कसुर सम्बन्धी मुद्दा नेपाल सरकार वादी भई चल्नेछ र त्यस्तो मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची-१ मा समावेश भएको मानिनेछ।

(२) उपदफा (१) _बमोजिमको- कसुरको अनुसन्धान, तहकिकात तथा मुद्दा दायर गर्ने कार्यमा प्राधिकरणले सम्बन्धित अधिकारीलाई आवश्यक सहयोग गर्नु पर्नेछ।