(१) देहायका काम कुराहरुमा नेपाल सरकार, रक्षा मन्त्रालयको सचिवको उत्तरदायित्व रहनेछः–
(क) रक्षा सम्बन्धी आफ्नो नियन्त्रणमा रहेको स्वीकृत रकमको आर्थिक प्रशासन र जंगी अड्डाको अर्थ सम्बन्धी काम कर्तव्यहरुको पालन,
(ख) जंगी अड्डाको हिसाबहरु रक्षा सम्बन्धी हिसाबहरुमा समावेश गर्ने र त्यसको जा“चबुझ गराउने,
(ग) सालभरको आम्दानी र खर्चको हिसाब तयार पारी महालेखा परीक्षक छेउ पठाउने,
(घ) नेपाली सेनाको निमित्त विनियोजन ऐनमा समावेश भएका रकमहरुबाट अर्थद्वारा निकासा भै आएको खातामा रकम जम्मा
गराउन नेपाल सरकार, रक्षा मन्त्रालयका सचिवले समयमै नेपाल सरकार अर्थ मन्त्रालयमा सरकारी खर्च सम्बन्धी कार्यविधि नियम,
२०१६ अनुसार माग गरी पठाउनु पर्छ । जंगी अड्डा तथा सो मातहतका बाहिनी, युनिट, सव–युनिट, डिपो, कार्यालय तथा
विभागहरुबाट माग भै आएको फाटवारीको आधारमा वा आफैंले नै मुनासिब ठहराए बमोजिम खातामा रकम जम्मा गराउनाको निमित्त
चाहिंदो विवरण तयार गर्न लगाउनेछ ।
(२) स्वीकृत गरिएका खर्चको फाटवारी सहित खर्च गर्न पाउने अर्थबाट अख्तियारी पत्र प्राप्त भएपछि नेपाल सरकार, रक्षा मन्त्रालयका सचिवले यो यति अवधिसम्मको लागि यो यो कलमको खर्च निमित्त यति यति रकम स्वीकृति भएको छ भनी जंगी अड्डालाई सूचना दिनुपर्छ तर नेपाल सरकार, रक्षा मन्त्रालयका सचिवले जंगी अड्डा तथा सो मातहतका बाहिनी, युनिट, सव–युनिट, डिपो, कार्यालय तथा विभागबाट गरिने कुनै खर्च आफ्नै पूर्व स्वीकृति लिएपछि मात्र गर्नु भनी जगेडा राख्न सकिनेछ ।
(३) जंगी अड्डा तथा सो मातहतका बाहिनी, युनिट, सवयुनिट, डिपो तथा विभागहरुलाई पेश्कीको रुपमा रुपैया दिइनेछ । के कति पेश्की दिने भन्ने कुरा नेपाल सरकार रक्षा मन्त्रालयका सचिवले निर्णय गर्नेछ ।
(४) नेपाल सरकार, रक्षा मन्त्रालयका सचिवले ए.ज. छेउ देहाय बमोजिमको मास्केवारी तयार गरी पठाउनु पर्छः–
(क) खर्चको आर्थिक विवरण,
(ख) बाँकी रहेको नगद र बैंक मौज्दात,
(ग) नेपाल सरकार, रक्षा मन्त्रालयमा रहेको हिसाबबाट देखिएको पेश्की फछ्र्यौट हुन बाँकी प्रतिवेदन ।
(५) आर्थिक वर्षको अन्तमा खर्च नभएको बाकी मौज्दात नेपाल सरकारको संचित कोषमा दाखिल गरिनेछ ।