दफा २७
नेपाल सरकारको विशेष अधिकार –
(१) दफा ३ र ८ मा जुनसुकै कुरा लेखिएको भए तापनि सङ्कटापन्न वन्यजन्तु वा वनस्पतिको संरक्षणमा नेपाल सरकारको प्रयासलाई सहयोग पुर्याउने वा सो प्रयोजनको लागि अध्ययन वा अनुसन्धानलाई उपलब्धिमूलक बनाउन प्राविधिक सहयोग पुर्याउने कुनै मुलुकको अनुरोधमा अध्ययन, संरक्षण शिक्षा वा अनुसन्धानको प्रयोजनका लागि नेपाल सरकारले एक आर्थिक वर्षमा एक जोडीसम्म कुनै प्रजातिको सङ्कटापन्न वन्यजन्तु वासो कोकुनै नमुना वा तोकिए बमोजिमको सङ्ख्या वा परिमाणमा कुनैसङ्कटापन्न वनस्पति वा सो को नमुना नेपाली जनता र नेपाल सरकारको सद्भावनाको प्रतीकको रुपमा उपहार स्वरुप त्यस्तो मुलुकलाई उपलव्ध गराउन
सक्नेछ ।
(२) उपदफा (१) बमोजिम उपलव्ध गराएको वन्यजन्तु वा वनस्पति वा सो को नमुना व्यापारिक प्रयोजनका लागि प्रयोग नगरिने आश्वासन सम्बन्धित मुलुकबाट त्यसरी उपलव्ध गराउनु अघि नै नेपाल सरकारले कुटनैतिक माध्यमबाट प्राप्त गर्नुपर्नेछ ।
(३) उपदफा (१) बमोजिम वन्यजन्तु वा वनस्पति वा सो को नमूना उपलब्ध गराएको वार्षिक विवरण वन तथा वातावरण मन्त्रालयले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र सङ्घीय संसदको सम्बन्धित समिति समक्ष पेश गर्नु पर्नेछ ।
(४) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले कुनैपनि सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुना अध्ययन, अनुसन्धान, अवलोकन, पर्यवेक्षण, परीक्षण, जैविक स्रोत संरक्षण वा संरक्षण शिक्षाको प्रयोजनका लागि राख्न, प्रयोग गर्न वा दुर्लभ वन्यजन्तुभए नियन्त्रित प्रजनन् गराई पहिलो पुस्ता पैदा गर्न र दुर्लभ वनस्पति भए कृत्रिम रुपमा बिउ र बेर्ना उत्पादन गर्न, रोप्न वा हुर्काउन सक्नेछ ।