दफा ९३
नेपाल सरकारमा प्रतिवेदन पेश गर्ने
(१) बैंकले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले चार महिनाभित्र देहायका प्रतिवेदनहरु नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछः– (क)लेखा परीक्षण प्रतिवेदन । (ख)आफनो काम कारबाही बारेको प्रतिवेदन । (ग)आर्थिक तथा वित्तीय अवस्था बारेको प्रतिवेदन । (२) बैंकले प्रत्येक महिना समाप्त भएको पन्ध्र दिनभित्र आफनोे मासिक वासलात तयार गरी प्रकाशन गर्नेछ ।