दफा
नेपाली सेनाको स्थापना र व्यवस्था
(१) नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाको लागि नेपाली सेनाको स्थपना गरिनेछ ।
(२) यो ऐन प्रारम्भ हुँदाका बखत कायम रहेको नेपाली सेना यसै ऐनबमोजिम स्थापना भएको मानिनेछ ।
(३) नेपाली सेनाको व्यवस्था यो ऐन र यस ऐन अन्तर्गत बनेका नियमहरूमा उल्लेख भएबमोजिम हुनेछ र अन्य कुराहरूको हकमा नेपाल सरकारले निर्देशन दिए बमोजिम हुनेछ ।