दफा २०
नोटरी पब्लिकले गर्न नहुने काम
नोटरी पब्लिकले देहायका काम गर्न हुँदैन ः-
(क) आफ्नो कार्यालयको दर्ता किताबमा दर्ता नभएको लिखत प्रमाणीकरण गर्न,
(ख) कुनै लिखत सक्कल हो भनी प्रमाणित गर्न,
(ग) आफैले गर्ने लिखत प्रमाणीकरण गर्न,
(घ) आफ्नो स्वार्थ र कारोबारसँग सम्बन्धित लिखत प्रमाणीकरण गर्न,
(ङ) आफ्नो निकटतम नातेदारको लिखत प्रमाणीकरण गर्न,
स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि “निकटतम नातेदार” भन्नाले तोकिए बमोजिमका नातेदारलाई सम्झनु पर्छ ।
(च) कानून बमोजिम बाहेक लिखत प्रमाणीकरण गराउने व्यक्तिको स्वीकृति नलिई लिखत प्रमाणीकरण गर्दा आफूले थाहा पाएको कुरा प्रकट गर्न,
(छ) आफूसँग सुरक्षित रहेका लिखत वा कागजातमा हेरफेर, संशोधन वा थपघट गर्न,
(ज) दफा २७ बमोजिमको रीत नपु¥याई लिखत प्रमाणीकरण गर्न,
(झ) अनधिकृत रुपमा वा हेलचेक्र्याईपूर्वक कुनै लिखतको प्रमाणीकरण गर्न,
(ञ) लिखत प्रमाणीकरण गर्दा वा अनुवाद गर्दा लिन पाउनेभन्दा बढी शुल्क लिन,
(ट) शंकास्पद कागजातको अनुवाद गर्न,
(ठ) कागजातमा उल्लेखित मिति, अङ्क वा व्यहोरा फरक पारी अनुवाद गर्न,
(ड) आफ्नो अधिकार क्षेत्र बाहिर गई नोटरी पब्लिकको काम गर्न,
(ढ) लिखत गर्ने व्यक्तिलाई आपूm समक्ष उपस्थित नगराई कुनै लिखत प्रमाणीकरण गर्न,
(ण) आचार संहिता विपरीत कार्य गर्न,
(त) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत अन्य कार्य गर्न, र
(थ) तोकिए बमोजिमको अन्य काम गर्न ।