दफा ८७
पक्राउ पूर्जी जारी गर्न र सम्पत्ति रोक्का राख्न सकिने
(१) दफा ८६ मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै अभियुक्त पहिले तोकिएको तारिखमा अनुपस्थित रहेछ र निजलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन पर्ने अदालतलाई लागेमा दफा ५८ बमोजिम पक्राउ पूर्जी जारी गरी त्यस्तो अभियुक्तलाई पक्राउ गर्न र त्यस्तो अभियुक्तको सम्पत्ति रोक्का गर्न समेत अदालतले आदेश दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम आदेश दिएकोमा त्यस्तो आदेश बमाोजिम सम्बन्धित प्रहरी कर्मचारीले अभियुक्तलाई पक्राउ गर्न र सम्बन्धित मालपोत कार्यालय वा अन्य निकाय वा संस्थाले अभियुक्तको सम्पत्ति रोक्का राख्नु पर्नेछ ।