नियम १२
पक्षकोे निवेदनको आधारमा मेलमिलापको लागि आदेश दिन सक्ने
(१) मुद्दा हेर्ने निकाय समक्ष दायर भएको मुद्दाका पक्षहरुले सो मुद्दा मेलमिलापको प्रक्रियाबाट समाधान गर्न चाहेमा सोही व्यहोरा उल्लेख गरी अनुसूची–५ बमोजिमको ढाँचामा जुनसुकै बखत मुद्दा हेर्ने निकाय समक्ष निवेदन दिन सक्नेछन् ।
(२) उपनियम (१) बमोजिमको निवेदन मुद्दाको एक पक्षले मात्र दिएको भए मुद्दा हेर्ने निकायले अर्को पक्ष मेलमिलाप प्रक्रियामा जान चाहे वा नचाहेको विषयमा निजको सहमति लिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम प्राप्त भएको निवेदन वा उपनियम (२) बमोजिम पक्षको सहमतिको आधारमा दुवै पक्ष मेलमिलापको प्रक्रियाबाट मुद्दा समाधान गर्न चाहेको देखिएमा देहायको अधिकारीले त्यस्तो मुद्दा मेलमिलापको प्रक्रियाबाट समाधान गर्र्न अनुसूची–६ बमोजिमको आदेश दिन सक्नेछः–
(क) सर्वोच्च अदालत र उच्च अदालतको हकमा रजिष्ट्रार,
(ख) जिल्ला अदालतको हकमा श्रेस्तेदार,
(ग) अन्य मुद्दा हेर्ने निकायको हकमा सो निकायको प्रमुख ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि पेशी सूचीमा परेका मुद्दाको हकमा मेलमिलापको प्रक्रियाबाट समाधान गर्ने आदेश सम्बन्धित मुद्दा हेर्ने निकायको इजलासबाटै हुनेछ ।