नियम १४२
पक्षले कानून व्यवसायी नियुक्त गर्न सक्ने
(१) कुनै पक्षले अदालतमा दर्ता हुने लिखत तयार गर्न वा आफ्नोतर्फबाट अदालत समक्ष बहस पैरवी गर्ने समेतको कार्य गर्न कानून व्यवसायी नियुक्ति गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम कानून व्यवसायी नियुक्ति गर्दा अनुसूची–३ बमोजिमको दस्तुर सहित वकालतनामा भरी अदालत समक्ष पेस गर्नु पर्नेछ ।