दफा ४०
पक्षहरु मिल्न सक्ने
यस ऐन बमोजिम मध्यस्थताको लागि परेको विवादका सम्बन्धमा पक्षहरु मिल्न चाहेमा आफु मिल्न चाहेको शर्त सहितको व्यहोरा खुलाई मध्यस्थ समक्ष पक्षहरुले निवेदन दिन सक्नेछन्र यसरी पर्न आएको निवेदनमा मध्यस्थको सहमतिपूर्ण निर्णय हुनेछ र त्यस्तो निर्णय उपर सहमति बमोजिम नभएको कुरामा बाहेक कुनै उजुरी लाग्ने छैन ।