नियम
पत्रपत्रिका दर्ता गराउनु पर्ने
(१) ऐनको दफा ७ बमोजिम देहायका पत्रपत्रिका प्रकाशित
गर्न चाहने व्यक्तिले देहाय बमोजिमको दस्तुर सहित अनुसूची–४ बमोजिमको ढा“चामा
स्थानिय अधिकारी समक्ष दरखास्त दिनु पर्नेछ ।
 हाल सूचना विभाग कायम रहेको ।
(क) दैनिक समाचारपत्रको लागि – रु. १०००।–
(ख) अर्ध साप्ताहिक समाचारपत्रको लागि – रु. ७००।–
(ग) साप्ताहिक समाचारपत्रको लागि – रु. ५००।–
(घ) पाक्षिक समाचारपत्रको लागि – रु. ३००।–
(ङ) मासिक र अन्य समाचारपत्रको लागि – रु. २००।–
(च) अन्य पत्रपत्रिकाको लागि – रु. २००।–
(२) उपनियम (१) बमोजिमको दरखास्त प्राप्त भएपछि स्थानीय अधिकारीले
दरखास्तवालालाई पत्रपत्रिका प्रकाशन गर्न अनुसूची(५ बमोजिमको ढा“चामा अस्थायी
प्रमाणपत्र दिनेछ ।
(३) ऐनको दफा ७ को उपदफा (४) बमोजिम प्रेस रजिष्ट्रारले पत्रपत्रिका प्रकाशन
गर्न स्थायी प्रमाणपत्र दिने गरी स्वीकृति दिएपछि स्थानीय अधिकारीले दरखास्तवालालाई
अनुसूची–६ बमोजिमको ढा“चामा पत्रपत्रिका प्रकाशन गर्न स्थायी प्रमाणपत्र दिनेछ ।
(४) उपनियम (३) बमोजिम प्रमाणपत्र दिएपछि स्थानीय अधिकारीले पत्रपत्रिका
सम्बन्धी विवरण अनुसूची –७ बमोजिमको दर्ता किताबमा जनाई राख्नु पर्नेछ ।
(५) ऐनको दफा ७ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम दर्ता गर्न आवश्यक नपर्ने
पत्रपत्रिका पनि दर्ता गरी पाउ“ भनी कसैले उपनियम (१) बमोजिम दरखास्त दिएमा स्थानीय
अधिकारीले त्यस्तो पत्रपत्रिका समेत दर्ता गरी दिनु पर्नेछ ।
तर,
(क) यसरी दर्ता भएका पत्रपत्रिकालाई उपनियम (१) बमोजिमको दस्तुर
लाग्ने छैन ।
(ख) यसरी दर्ता हुने पत्रपत्रिकाका सम्पादकलाई नियम १५ बमोजिमको
योग्यता सम्बन्धी व्यवस्था लागू हुने छैन ।