दफा २५
पदबाट हटाउने
(१) कुलपतिले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेको, पद अनुरूपको आचरण नगरेको वा विश्वविद्यालयको हित विपरीतको कुनै काम गरेको भनी आधार र कारण सहित परिषद्मा तत्काल कायम रहेका कम्तीमा तीनजना सदस्यले परिषद्मा लिखित निवेदन दिन सक्नेछन्‌।

(२) उपकुलपतिले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेको, पद अनुरूपको आचरण नगरेको वा विश्वविद्यालयको हित विपरीतको कुनै काम गरेको भनी आधार र कारण सहित परिषद्मा तत्काल कायम रहेका कम्तीमा पाँचजना सदस्यले कुलपति समक्ष लिखित निवेदन दिन सक्नेछन्‌।

(३) रजिष्टरारले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेको, पद अनुरूपको आचरण नगरेको वा विश्वविद्यालयको हित विपरीतको कुनै काम गरेको भनी आधार र कारण सहित रजिष्ट्रारलाई पदबाट हटाउन उपकुलपतिले परिषद्मा सिफारिस गर्ने सक्नेछ।

(४) उपदफा (१) र (२) बमोजिम प्राप्त निवेदन वा उपदफा (३) बमोजिम उपकुलपतिको सिफारिसउपर छानबिन गर्न एक्काइस दिनभित्र “परिषद्ले परिषद्को कुनै सदस्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्नेछ।

(५). उपदफा (४) बमोजिमको छानबिन समितिले विश्वविद्यालयको पदाधिकारी वा अन्य विज्ञको समेत सहयोग लिन सक्नेछ।

(६) छानबिन समितिले छानबिन गर्दा कुलपति, उपकुलपति वा रजिष्ट्रारले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेको, पद अनुरूपको आचरण नगरेको वा विश्वविद्यालयको हित विपरीतको कुनै काम गरेकी देखिएमा पदबाट हटाउन परिषद्‌ समक्ष सिफारिस गर्नेछ। त्यस्तो सिफारिस छानबिन सम्बन्धी कार्य प्रारम्भ गरेको मितिले एक महिनाभित्र गरिसक्नु पर्नेछ।

(७) उपदफा (४) बमोजिमको छानबिन समितिले सम्बन्धित पदाधिकारीलाई पदबाट हटाउने गरी सिफारिस गर्नुपूर्व निजउपर लागेको आरोपको सफाइ पेस गर्न मनासिब मौका दिनु पर्नेछ।

(८) उपदफा (७) बमोजिम सिफारिस प्राप्त भएको मितिले तीस दिनभित्र परिषद्को तत्काल कायम रहेका बहुमत सदस्यले कुलपति, उपकुलपति वा रजिष्ट्रारलाई पदबाट हटाउने सम्बन्धमा निर्णय गर्नु पर्नेछ।

(९) उपदफा (८) बमोजिम पदबाट हटाउन सिफारिस गरेको मितिदेखि सोको अन्तिम निर्णय .नभएसम्मका लागि कुलपति, उपकुलपति वा रजिष्ट्रार आफ्नो पदबाट स्वतः निलम्बन हुनेछ।

(१०) कुलपति, उपकुलपति. वा रजिष्ट्रार निलम्बन भएको अवस्थामा निजले सम्पादन गर्ने कामको अर्को व्यवस्था परिषद्ले निर्णय गरे बमोजिम हुनेछ।