दफा १०५
पदाधिकारी निलम्बन हुने
(१) विशेष व्यवस्थापन समूहले बीमकलाई नियन्त्रयणमा लिएको अवधिभर बीमकको सञ्चालक र कार्यकारी प्रमुख स्वतः निलम्बन हुनेछन्‌।

(२) उपदफा (१) _मा/ जुनसुकै कुरा लेखिएको भए तापनि विशेष व्यवस्थापन समूहले उपयुक्त ठानेमा तोकिएको काम गर्नका लागि बीमकको सञ्चालक र कार्यकारी प्रमुखको निलम्बन फुकुवा गरी काममा खटाउन सक्नेछ।

(३) उपदफा (२) बमोजिम विशेष व्यवस्थापन समूहले लगाएको काम नगर्ने व्यक्तिलाई विशेष व्यवस्थापन समूहले जुनसुकै बखत पदमुक्त गर्न सक्नेछ।