दफा
परामर्श माग गर्नु पर्ने
: (१) दफा ४ बमोजिम अनुमतिपत्र माग भएमा व्यवस्थापन निकायले सो सम्बन्धमा वैज्ञानिक निकायबाट सिफारिस
सहितको परामर्श माग गर्नेछ ।
(२) उपदफा (१) बमोजिम सिफारिस सहितको परामर्श माग भएमा वैज्ञानिक निकायले सो विषयमा अध्ययन गरी त्यस्तो अनुमतिपत्र दिँदा नेपालमा रहेका दुर्लभ वा लोपोन्मुख वन्यजन्तु वा वनस्पतिको प्रजातिको अस्तित्वलाई प्रतिकूल असर नपर्ने कुरामा विश्वस्त भएमा त्यस्तो अनुमतिपत्र दिन व्यवस्थापन निकायलाई सिफारिस गर्नेछ ।
(३) उपदफा (२) बमोजिम वैज्ञानिक निकायले सिफारिस गर्दा अपनाउने कार्यविधि तोकिए बमोजिम हुनेछ ।