दफा
परिचय नम्बर
(१) परिचयपत्र प्रदान गर्ने क्रममा परिचयपत्र प्रा गर्न योग्य व्यक्तिलाई नदोहोरिने गरी महानिर्देशकबाट राष्ट्रिय परिचय नम्बर प्रदान गरिनेछ ।

(२) परिचय नम्बर प्राप्त व्यक्तिको मृत्यु भएको वा कुनै कारणबाट त्यस्तो व्यक्तिको परिचयपत्र रद्द भएको वा कायम नरहेको अवस्थामा समेत उपदफा (१) बमोजिमको परिचय नम्बर कायमै रहनेछ।

(३) दफा ३ बमोजिम परिचयपत्र लागू भएको जिल्लामा बसोबास गर्ने नेपाली नागरिकका सन्तानको जन्मदर्ता गर्दाको बखत स्थानीय पञ्जिकाधिकारीले विभागबाट तोकिए बमोजिम परिचय नम्बर प्राप्त गरी सम्बन्धित व्यक्तिलाई त्यस्तो परिचय नम्बर प्रदान गर्नु पर्नेछ।

(४) उपदफा (३) बमोजिम परिचय नम्बर प्रदान गर्न सम्बन्धित व्यक्तिको जैविक विवरण आवश्यक पर्ने छैन।

(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि नाबालक राष्ट्रिय परिचयपत्र प्रदान गर्नु पर्ने अवस्थामा तोकिए बमोजिमका वैयक्तिक तथा जैविक विवरण समेत उपलब्ध गराउनु पर्नेछ।

तर नाबालक राष्ट्रिय परिचयपत्र प्राप गरेको व्यक्तिले यस ऐन बमोजिम राष्ट्रिय परिचयपत्र लिँदा पुन जैविक विवरण उपलब्ध गराउनु पर्नेछ।

(६) परिचय नम्बर सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।