दफा ७
परिचयपत्र प्राप्त गर्न निवेदन दिनु पर्ने
(१) दफा ३ बमोजिम परिचयपत्र लागू भएको जिल्लामा बसोबास गर्ने र त्यसरी परिचयपत्र लागू हुँदाका बखत सोह्र वर्ष उमेर पुगेका व्यक्तिले सो जिल्लामा परिचयपत्र लागू भएको मितिले दुई वर्षभित्र र परिचयपत्र लागू भएपछि सोह्र वर्ष उमेर पुग्ने व्यक्तिले उमेर पुगेको मितिले दुई वर्षभित्र परिचयपत्र प्राप्त गर्नको लागि स्थानीय अधिकारी समक्ष निवेदन दिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम निवेदन दिने व्यक्तिले परिचय नम्बर प्राप्त गरेको भए त्यस्तो परिचय नम्बर र परिचय नम्बर प्राप्त नगरेको भए सोही व्यहोरा खुलाउनु पर्नेछ।
(३) उपदफा (१) बमोजिमको निवेदन प्राप्त भएपछि स्थानीय अधिकारीले निवेदन दिने व्यक्तिको स्पष्ट मुखाकृति देखिने गरी विद्युतीय (डिजिटल) तस्वीर, दुबै हातका दश औंलाको विद्युतीय छाप, आँखाको नानी (आइरिस), हस्ताक्षर लगायतका तोकिए बमोजिमका वैयक्तिक तथा जैविक विवरण लिनु पर्नेछ।
तर जैविक विवरणहरू सङ्कलन गर्दा कुनै वा सबै औंला नभएका व्यक्तिका हकमा सो व्यहोराको कैफियत जनाई सम्भव भएसम्मका जैविक विवरण लिइनेछ।
(४) उपदफा (१) बमोजिमको अवधिभित्र परिचयपत्रको लागि निवेदन नदिने व्यक्तिले सो अवधिपछि परिचयपत्र माग गरी निवेदन दिएमा त्यस्तो व्यक्तिले तोकिए बमोजिमको विलम्ब दस्तुर समेत बुझाउनु पर्नेछ।
(५) यस दफा बमोजिम दिने निवेदनको ढाँचा तथा निवेदन साथ पेश गर्नु पर्ने कागजातको विवरण तोकिए बमोजिम हुनेछ।
(६) यस दफा बमोजिम निवेदन दिँदा तोकिए बमोजिम विद्युतीय ढाँचामा समेत दिन सक्ने व्यवस्था मिलाइनेछ।