नियम
परिचयपत्रको अवधि र नवीकरण
(१) नियम ४ बमोजिम दिईएको परिचयपत्र ऐनको दफा ४ को उपदफा (३) को अधीनमा रही नेपाली मूलको विदेशी नागरिक भए बढिमा दश वर्ष र विदेशमा बस्ने नेपाली नागरिक भए दुई वर्षसम्म बहाल रहनेछ ।
(२) परिचयपत्र नवीकरण गराउन चाहने गैर आवासीय नेपालीले परिचयपत्रको बहाल अवधि समाप्त हुनु अगावै अनुसूची–६ बमोजिमको ढाँचामा नियोग प्रमुख वा सचिव समक्ष निवेदन दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम निवेदन पर्न आएमा नियोग प्रमुख वा सचिवले एक पटकमा ऐनको दफा ४ को उपदफा (३) को अवधिमा नबढ्ने गरी अनुसूची–४ बमोजिमको दस्तुर लिई परिचयपत्र नवीकरण गरिदिनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम परिचयपत्र नवीकरण गर्दा नियम ४ को उपनियम (१) बमोजिम खडा गरिएको अभिलेखमा समेत परिचयपत्रको नम्बर तथा परिचयपत्र वहाल रहने अवधि जनाई अभिलेख अद्यावधिक गर्नु पर्नेछ ।