दफा १०
परिचयपत्रको मान्यता र प्रयोग
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि परिचयपत्र लागू भएपछि नेपाल सरकारको स्वामित्वमा रहेको निकाय, संस्था तथा निजी क्षेत्रबाट प्रदान गरिने कुनै पनि सेवा सुविधा प्राप्त गर्न वा त्यस्तो सेवा सुविधाको माग गर्दा परिचयपत्र पेश गर्नु पर्नेछ।
तर परिचय नम्बरको आधारमा निजको विवरण हेर्न मिल्ने अवस्थामा परिचयपत्र नभए पनि परिचय नम्बरको आधारमा त्यस्तो सुविधा प्राप्त गर्न सक्नेछ।
(२) परिचयपत्रलाई सार्वजनिक सेवा प्राप्तिको लागि मुख्य आधार तथा व्यक्तिको पहिचानको प्रमाणको रुपमा मान्यता दिइनेछ।
(३) सरकारी तथा निजी संस्थाले कुनै सेवा दिनको लागि कुनै परिचयपत्र जारी गरेको वा सोको लागि कुनै परिचयपत्र आवश्यक पर्ने व्यवस्था रहेकोमा त्यस्तो परिचयपत्रको सट्टा यस ऐन बमोजिमको परिचय नम्बर वा परिचयपत्रलाई उपयोग गर्न सकिनेछ।
(४) उपदफा (३) बमोजिम परिचय नम्बर वा परिचयपत्र उपयोग गर्ने प्रयोजनको लागि सरकारी तथा निजी संस्थाले आवश्यक पूर्वाधार निर्माण गरी यस ऐन बमोजिम सङ्कलन भएको विवरणमध्ये तोकिए बमोजिमका विवरणमा त्यस्तो संस्थालाई तोकिए बमोजिमको दस्तुर लिई मन्त्रालयले पहुँच उपलब्ध गराउन सक्नेछ।
(५) प्रचलित कानून बमोजिम कुनै प्रयोजनको लागि जारी भएका परिचयपत्र वा प्रमाणपत्रमा समावेश हुने विवरण यस ऐन बमोजिम राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा समावेश भइसकेपछि त्यस्ता परिचयपत्र वा प्रमाणपत्रको काम राष्ट्रिय परिचयपत्रबाटै हुन सक्ने गरी नेपाल सरकारले नेपाल - राजपत्रमा सूचना प्रकाशन गरी आवश्यक व्यवस्था मिलाउन सक्नेछ।
(६) परिचयपत्रको मान्यता र प्रयोग सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।