दफा
परिभाषा
: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,
(क) “पेटेण्ट” भन्नाले कुनै पदार्थ वा पदार्थ समूहको बनावट, सञ्चालन वा प्रसारको नयाँ उपाय  वा तरीका सम्बन्धी वा कुनै नयाँ सिद्धान्त वा फर्मुलाद्वारा पत्ता लगाइएको कुनै उपयोगी आविष्कार सम्झनु पर्छ ।
(ख) “डिजाइन” भन्नाले कुनै प्रकारले तयार गरी बनाईएको वस्तुको छाँट रूप वा आकार सम्झनु पर्छ ।
(ग) “ट्रेडमार्क” भन्नाले कुनै फर्म, कम्पनी वा व्यक्तिले आफ्नो उत्पादित मालसामान वा आपूले प्रदान गर्ने सेवालाई अरूको मालसामान वा सेवाबाट फरक देखाउन प्रयोग गरिने शब्द, चिन्ह वा चित्र वा शब्द, चिन्ह र चित्र तिनै कुराको संयोग सम्झनु पर्छ ।
(घ) “विभाग” भन्नाले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको विभाग सम्झनु पर्छ र त्यस्तो नतोकिएसम्म उद्योग विभागलाई सम्झनु पर्छ ।
(ङ) “अनुसूची” भन्नाले यस ऐनको अनुसूची सम्झनु पर्छ ।
(च) “तोकिएको” वा “तोकिएबमोजिमको” भन्नाले यो ऐन अन्तर्गतको नियम वा आदेशमा  तोकिएको वा तोकिए बमोजिमको
सम्झनु पर्छ ।