दफा २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) "राजस्व" भन्नाले देहायका कर तथा गैरकर सम्झनु पर्छः-
(१) प्रचलित कानून बमोजिम नेपाल सरकारलाई तिर्नु वा बुझाउनु पर्ने भन्सार महसुल, अन्तःशुल्क, आयकर, मूल्य अभिवृद्धि कर वा अन्य कुनै कर,
(२) प्रचलित कानून बमोजिम प्रदेश सरकारलाई तिर्नु वा बुझाउनु पर्ने कर,
(३) प्रचलित कानून बमोजिम स्थानीय तहलाई तिर्नु वा बुझाउनु पर्ने कर,
(४) प्रचलित कानून बमोजिम नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहलाई तिर्नु वा बुझाउनु पर्ने गैरकर।
(क१) "गैरकर" भन्नाले प्रचलित कानून बमोजिम लाग्ने शुल्क, दस्तुर, सेवा शुल्क, रोयल्टी, लाभांश, जरिबाना वा साँवा फिर्ता रकम सम्झनु पर्छ र सो शब्दले त्यस्तो रकममा लाग्ने ब्याज रकमलाई समेत जनाउँछ।
(ख) “राजस्व चुहावट” भन्नाले दफा ४ मा उल्लेख भए बमोजिमको कसूर सम्झनु पर्छ ।
(ख१) “व्यक्ति" भन्नाले प्राकृतिक व्यक्ति, फर्म, कम्पनी, संघ, संस्था, साझेदारी संस्था, सहकारी, संयुक्त व्यवसाय वा उपक्रम, गुठी वा कोष सम्झनु पर्छ र सो शब्दले नाफाको उद्देश्य लिई वा नलिई कर लाग्ने कारोबारमा संलग्न रहेको सरकारी निकाय, धार्मिक सङ्गठन, परोपकारी संस्था वा त्यस्तै अन्य प्रकृतिका निकाय र तिनका शाखा वा उपशाखालाई समेत जनाउँछ ।
(ग)………
(घ) “अनुसन्धान अधिकृत” भन्नाले राजस्व चुहावट ………..को अनुसन्धान तथा तहकिकात गर्न यस ऐन बमोजिम तोकिएको कर्मचारी सम्झनु पर्छ र सो शब्दले महानिर्देशक आफैले त्यस्तो कसूरको अनुसन्धान तथा तहकिकात गरेकोमा निजलाई समेत जनाउँछ ।
(ङ) "कर्मचारी" भन्नाले विभाग वा अन्तर्गत कार्यालयमा कार्यरत निजामती सेवाको कर्मचारी सम्झनु पर्छ र सो शब्दले विभाग वा अन्तर्गत कार्यालयमा कार्यरत नेपाल प्रहरीका प्रहरी कर्मचारी वा सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी समेतलाई जनाउँछ ।
(ङ1) .......
(च) “विभाग” भन्नाले राजस्व अनुसन्धान विभाग सम्झनु पर्छ ।
(छ) “महानिर्देशक” भन्नाले विभागको महानिर्देशक सम्झनु पर्छ ।
(छ१) "बिगो" भन्नाले देहाय. बमोजिमका रकम सम्झनु पर्छ:-
(क) प्रचलित आयकरसँग सम्बन्धित कानून बमोजिम लाग्ने आयकर, शुल्क, ब्याज, जरिबाना, अग्रिम करकट्टी रकस, किस्ता कर रकम,
(ख) प्रचलित मूल्य अभिवृद्धि करसँग सम्बन्धित कानून बमोजिम लाग्ने मूल्य अभिवृद्धि कर रकम, थप दस्तुर, ब्याज, जरिबाना रकम,
(ग) प्रचलित अन्तःशुल्कसँग सम्बन्धित कानून बमोजिम लाग्ने अन्तःशुल्क, दस्तुर, विलम्ब शुल्क, _ ब्याज, जरिबाना रकस,
(घ) प्रचलित घर बहालसँग सम्बन्धित कानून बमोजिम लाग्ने घरजग्गा बहाल कर, शुल्क, ब्याज, जरिबाना रकम,
(ङ) भन्सारको हकमा भन्सार चोरी निकासी पैठारी भएको वा हुन लागेको मालवस्तुको थोक बजारमूल्य, मालवस्तु फेला नपरी कागजात मात्र फेला परेकोमा त्यस्तो मालवस्तु निकासी पैठारी गर्दा भन्सार बिन्दुमा भन्सार प्रयोजनको लागि कायम हुने मूल्य र सोमा लाग्ने महसुल समेतलाई जोडी हुन आउने मूल्य वा कारोबार मूल्य न्युन घोषणा भएकोमा न्युन घोषित फरक मूल्य र सोमा लाग्ने महसुल,
(च) प्रचलित सङ्घीय कानून, प्रदेश कानून वा स्थानीय तहको कानून बमोजिम लाग्ने अन्य कर, गैरकर, ब्याज वा जरिबाना समेतका रकम।
(छ२) “ढुवानीका साधन” भन्नाले यान्त्रिक शक्तिबाट चल्ने यात्रुवाहक साधन, मालसामान ओसारपसार गर्ने काममा प्रयोग हुने लरी, ट्रक, मिनी ट्रक, कन्टेनर, बुलेट, ट्याङ्कर, पिकअप, भ्यान, ट्र्याक्टर जस्ता ढुवानीका साधन सम्झनु पर्छ ।
(छ3) "कम्प्यूटर सूचना प्रणाली" भन्नाले विभागले कार्यान्वयनमा ल्याउने कम्प्यूटर सूचना प्रणाली सम्झनु पर्छ र सो शब्दले वेबमा आधारित अनलाईन प्रणालीलाई समेत जनाउँछ।
(ज) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।