दफा २९
पुरस्कार
(1) यस ऐन अन्तर्गतको कसूर गरेको
सूचना दिने सुराकीलाई सो कसूर सम्बन्धी मुद्दाको
अन्तिम किनारा लागेपछि असुल भएको बिगो
रकमको सुन, हिरा, जवाहरातको हकमा दश
प्रतिशत वा पचास लाख रुपैयाँमध्ये जुन घटी हुन्छ
सो बराबरको रकम र अन्य मालवस्तुको हकमा
बीस प्रतिशत वा पच्चीस लाख रुपैयाँमध्ये जुन घटी
हुन्छ सो बराबरको रकम पुरस्कार स्वरुप दिइनेछ ।
तर राष्ट्रसेवक तथा राष्ट्रसेवकका परिवारको
सदस्यले सुराकी बापतको पुरस्कार पाउने छैन।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए राजस्व चुहावटको सूचना दिने सुराकीलाई सूचनाको सत्यताको आधारमा विभागद्वारा तोकिएको कार्यविधि बमोजिम महानिर्दे शक वा कार्यविधिमा तोकिएको अधिकारीले तत्काल दश हजार रुपैयाँसम्म सुराकी खर्च दिन सक्नेछ ।
( ३ ) यस ऐन बमोजिम विभागले गरेको अनुसन्धान तथा तहकिकातबाट कसैले आफूले तिर्नु बुझाउनु पर्ने राजस्वको सम्पूर्ण वा केही अंश छलेको प्रमाणित भई असुल हुन आएको विगो रकमको पाँच प्रतिशत वा *दश लाख रुपैयाँमध्ये जुन घटी हुन्छ सो बराबरको रकम अनुसन्धान तथा तहकिकातमा संलग्न कर्मचारीलाई पुरस्कार स्वरूप दिइनेछ
(४) पुरस्कार पाउने व्यक्ति एकभन्दा बढी भएमा पुरस्कारको रकम दामासाही रूपमा दिइनेछ ।