दफा २१
पुनरावेदन
(१) यस ऐन बमोजिम मुद्दा हेर्ने अधिकारीबाट भएको निर्णय वा आदेशमा चित्त नबुझ्ने वा मर्का पर्ने पक्षले सो निर्णय भएको मितिले पैँतीस दिनभित्र सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ।
(२) यस ऐन बमोजिम विभाग वा महानिर्देशकबाट भएको निर्णय वा आदेशमा चित्त नबुझ्ने वा मर्का पर्ने पक्षले सो निर्णय भएको मितिले पैँतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ।