दफा २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,
(क) “प्रतिष्ठान” भन्नाले दफा ३ बमोजिम स्थापना भएको राष्ट्रिय न्यायिक प्रतिष्ठान सम्झनु पर्छ ।
(ख) “परिषद्” भन्नाले दफा ६ बमोजिम गठन भएको न्यायिक प्रतिष्ठान परिषद् सम्झनु पर्छ ।
(ग) “समिति” भन्नाले दफा ९ बमोजिम गठन भएको कार्यकारी समिति सम्झनु पर्छ ।
(घ) “कार्यकारी निर्देशक” भन्नाले दफा १७ को उपदफा (२) बमोजिम खटिएको वा नियुक्त भएको कार्यकारी निर्देशक सम्झनु पर्छ ।
(ङ) “न्यायिक निकाय” भन्नाले प्रचलित कानूनबमोजिम स्थापना भएको अदालत, विशेष अदालत, न्यायाधिकरण वा न्यायिक निर्णय गर्ने निकाय सम्झनु पर्छ र सो शब्दले सरकारी वकील कार्यालय र कानून तथा न्यायको क्षेत्रसँग सम्बन्धित अन्य निकाय समेतलाई जनाउँछ ।
(च) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐनअन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।