दफा
परिभाषा
:  विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “संवैधानिक निकायका पदाधिकारी” भन्नाले नेपालको संविधान बमोजिम नियुक्त हुने संवैधानिक निकायका प्रमुख पदाधिकारी र पदाधिकारी सम्झनु पर्छ ।

(ख) “प्रमुख पदाधिकारी” भन्नाले नेपालको संविधान बमोजिम नियुक्त हुने अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त, महालेखा परीक्षक, लोक सेवा आयोगको अध्यक्ष, निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको अध्यक्ष, राष्ट्रिय महिला आयोगको अध्यक्ष, राष्ट्रिय दलित आयोगको अध्यक्ष, राष्ट्रिय समावेशि आयोगको अध्यक्ष, आदिवासि जनजाति आयोगको अध्यक्ष, मधेशी आयोगको अध्यक्ष, थारु आयोगको अध्यक्ष र मुस्लिम आयोगको अध्यक्ष सम्झनु पर्छ ।

(ग) “पदाधिकारी” भन्नाले नेपालको संविधान बमोजिम नियुक्त हुने अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आयुक्त, लोक सेवा आयोगको सदस्य, निर्वाचन आयोगको निर्वाचन आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगको सदस्य, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको सदस्य, राष्ट्रिय महिला आयोगको सदस्य, राष्ट्रिय दलित आयोगको सदस्य, राष्ट्रिय समावेशि आयोगको सदस्य, आदिवासि जनजाति आयोगको सदस्य, मधेशी आयोगको सदस्य, थारु आयोगको सदस्य र मुस्लिम आयोगको सदस्य सम्झनु पर्छ ।

(घ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी जारी गरेको आदेशमा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।