नियम
परिभाषा
विषय वा प्रस·ले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ सम्झनु पर्छ ।
(क१) “विभाग” भन्नाले नियम ४ को उपनियम (१क) बमोजिमको विभाग सम्झनु पर्छ ।
(क२) “विभागको प्रमुख” भन्नाले सम्बन्धित विभागको प्रमुखको रुपमा काम गर्न तोकिएको नायव महान्यायाभिवक्ता सम्झनु पर्छ ।
(ख) “फौजदारी मुद्दा” भन्नाले ऐनको अनुसूची–१ मा उल्लिखित मुद्दा सम्झनु पर्छ ।
(ग) “देवानी” मुद्दा” भन्नाले ऐनको अनुसूची–२ मा उल्लिखित मुद्दा सम्झनु पर्छ ।
(घ) “नेपाल सरकारलाई सरोकार पर्ने मुद्दा” भन्नाले खण्ड (ख) र (ग) बमोजिमको मुद्दा, नेपाल सरकार वादी हुने भनी कुनै ऐनमा उल्लेख भएका मुद्दा, नेपाल सरकार पक्ष वा विपक्ष भएको मुद्दा सम्झनु पर्छ र सो वाक्यांशले नेपाल सरकारलाई सरोकार पर्ने भनी नेपाल सरकारले तोकिदिएको अन्य मुद्दा समेतलाई जनाउँछ ।
(ङ) “सरकारी वकील कार्यालय” भन्नाले ऐनको दफा २ को खण्ड (ग) मा उल्लिखित कार्यालय सम्झनु पर्छ ।