विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “बोर्ड” भन्नाले दफा ३ बमोजिम स्थापना भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड सम्झनु पर्छ ।
(ख) “समिति” भन्नाले दफा ८ बमोजिम गठन भएको कार्यकारी समिति सम्झनुपर्छ ।
(ग) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।
(घ) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले समितिको अध्यक्ष, उपाध्यक्ष तथा सदस्य सचिवलाई समेत जनाउनेछ ।
(ङ) “कार्यकारी निर्देशक” भन्नाले दफा १४ बमोजिम नियुक्त भएको वा तोकिएको कार्यकारी निर्देशक सम्झनु पर्छ ।
(च) “प्रशोधन” भन्नाले चियाको हरियो पत्ती तथा कफीको गेडा कुनै यान्त्रिक प्रकृयाबाट प्रशोधन गरिने कार्य सम्झनु पर्छ ।
(छ) “उत्पादक” भन्नाले चिया वा कफी उत्पादन गर्ने व्यवसायी सम्झनु पर्छ ।
(ज) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको विनियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।