दफा
परिभाषा

२.  परिभाषाः

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस आदेशमा,–

(क) “आयोग” भन्नाले राष्ट्रिय योजना आयोग सम्झनु पर्छ ।
(ख) “अध्यक्ष” भन्नाले आयोगको अध्यक्ष सम्झनु पर्छ ।
(ग) “उपाध्यक्ष” भन्नाले आयोगको उपाध्यक्ष सम्झनु पर्छ ।
(घ) “सदस्य” भन्नाले आयोगको सदस्य सम्झनु पर्छ र सो शब्दले आयोगको उपाध्यक्ष एवं सदस्य–सचिवलाई समेत जनाउनेछ ।
(ङ) “परिषद्” भन्नाले राष्ट्रिय विकास परिषद् सम्झनु पर्छ ।
(च) “सचिवालय” भन्नाले आयोगको सचिवालय सम्झनु पर्छ ।
(छ) “कर्मचारी” भन्नाले आयोगमा कार्यरत नेपाल सरकारका विभिन्न सेवाका कर्मचारी सम्झनु पर्छ ।
(ज) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस आदेश अन्र्तगत आयोगले जारी गरेको निर्देशिका वा कार्यविधिमा तोकिएबमोजिम सम्झनु पर्छ ।