दफा
परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–

(क)        “उजुरी” भन्नाले अदालतमा दायर हुने फिरादपत्र, कुनै अन्य किसिमको उजुरी, नालिस वा दाबी वा प्रतिदाबी सम्झनु पर्छ र सो शब्दले फौजदारी मुद्दाको हकमा अभियोगपत्र वा सो सम्बन्धी प्रतिवेदन समेतलाई जनाउँछ।

(ख)        “मुद्दा” भन्नाले यस ऐन बमोजिम कारवाई र किनारा गर्नु पर्ने दफा ३ मा उल्लिखित मुद्दालाई जनाउँछ ।

(ग)          “अदालत” भन्नाले सर्वोच्च अदालत, उच्च अदालत वा जिल्ला अदालत सम्झनु पर्छ र सो शब्दले कानून बमोजिम कुनै खास किसिमका मुद्दाको कारबाही र किनारा गर्न अधिकार प्राप्त अन्य अदालत, न्यायिक निकाय वा अधिकारी समेतलाई जनाउँछ ।