दफा २
परिभाषा
यस ऐनमा –
(क) “संस्थान” भन्नाले दफा ३ बमोजिम स्थापित संस्थानलाई सम्झनु पर्छ ।
(ख) कुनै संस्थानका सम्बन्धमा “सञ्चालक समिति” वा “सञ्चालक” भन्नाले सो संस्थानको “सञ्चालक समिति” वा “सञ्चालक” लाई सम्झनु पर्छ ।
(ग) “सम्बन्धित विभाग” भन्नाले नेपाल सरकारको सम्बन्धित विभाग वा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको अन्य कुनै विभाग वा अधिकारीलाई सम्झनु पर्छ ।