दफा १४
विघटन
कुनै कारणले कुनै संस्थानलाई विघटन गर्न आवश्यक देखेमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सो संस्थानलाई विघटन गर्न सक्नेछ र सो बमोजिम सूचना प्रकाशित भएपछिः–
(क) सो संस्थानको सम्पूर्ण जायज्यथा र दायित्व नेपाल सरकारमा सर्नेछ, र
(ख) बदनियतसाथ गरे भएको बाहेक सो संस्थानसंग भएको सबै ठेक्का एवं करारहरु नेपाल सरकारसंग भएको मानिनेछ ।