विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐन, –
(क) “विश्वविद्यालय” भन्नाले यो ऐन बमोजिमको नेपाल संस्कृत विश्वविद्यालय सम्झनु पर्छ ।
(ख) “सभा” भन्नाले दफा ४ बमोजिमको विश्वविद्यालय सभा सम्झनु पर्छ ।
(ग) “कार्यकारी परिषद्” भन्नाले दफा ६ बमोजिमको कार्यकारी परिषद् सम्झनु पर्छ ।
(घ) “प्राज्ञिक परिषद्” भन्नाले दफा ८ बमोजिमको प्राज्ञिक परिषद् सम्झनु पर्छ ।
(घ१) “सेवा आयोग” भन्नाले दफा ९क. बमोजिमको सेवा आयोग सम्झनु पर्छ ।
(ङ) “परीक्षा समिति” भन्नाले दफा २६ बमोजिमको परीक्षा समिति सम्झनु पर्छ ।
(च) “केन्द्रीय कार्यालय” भन्नाले उपकुलपति, शिक्षाध्यक्ष र कुल–सचिवको कार्यालयहरूको सामूहिक रूपलाई जनाउँछ ।
(छ) “विद्यापीठ” भन्नाले यो ऐन बमोजिमका विद्यापीठ सम्झनु पर्छ ।
(ज) “प्राचार्य” भन्नाले विद्यापीठका प्रमुख सम्झनु पर्छ ।
(झ) “शिक्षक” भन्नाले विश्वविद्यालयमा शिक्षा प्रदान गर्ने प्राध्यापक, सह–प्राध्यापक, उपप्राध्यापक तथा सहायक प्राध्यापक सम्झनु पर्छ र सो शब्दले विश्वविद्यालयका विभिन्न तहका प्रशिक्षक तथा यस ऐन अन्तर्गत बनेको नियममा शिक्षक भनी तोकिएको व्यक्तिलाई समेत जनाउंछ ।
(ञ) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।