दफा २
परिभाषा
विषय वा प्रसङ्गले अर्का अर्थ नलागेमा यस ऐनमा,-
(क) “अध्यापक“ भन्नाले विश्वविद्यालयको प्राध्यापक, सहप्राध्यापक वा उपप्राध्यापक सम्झनु पर्छ र सो शब्दले इन्डाउड -प्राध्यापक, विशिष्ट (इमिरेट्स) प्राध्यापक, कार्यानुभवी प्राध्यापक (प्रोफेसर अफ प्राक्टिस), प्रशिक्षक वा आगन्तुक प्राध्यापक (भिजिटिङ प्रोफेसर) लाई समेत जनाउँछ।
(ख) “उपकुलपति“ - भन्नाले दफा १८ बमोजिमको उपकुलपति सम्झनु पर्छ।
(ग) “कुलपति“ भन्नाले दफा १७ बमोजिमको कुलपति सम्झनु पर्छ।
(घ) ; “डीन“ भन्नाले दफा २६ बमोजिमको डीन सम्झनु पर्छ।
(ङ) “तोकिएको“ वा “तोकिए बमोजिम“ भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।
(च) “पदाधिकारी“ भन्नाले दफा ६ बमोजिमको पदाधिकारी सम्झनु पर्छ।
(छ) “परिषद्“ भन्नाले दफा ७ बमोजिमको संरक्षक परिषद् सम्झनु पर्छ।
(ज) “मन्त्रालय“ भन्नाले नेपाल सरकारको शिक्षा सम्बन्धी विषय हेर्ने मन्त्रालय सम्झनु पर्छ।
(झ) “विश्वविद्यालय“ भन्नाले दफा ३. बमोजिमको नेपाल विश्वविद्यालय सम्झनु पर्छ।
(ज) “शिक्षाविद्” भन्नाले नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविद्यालयबाट विद्यावारिधिको उपाधि प्राप्त गरेको र अध्ययन, अध्यापन वा अनुसन्धानको क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव हासिल गरेको व्यक्ति सम्झनु पर्छ ।
(ट) “सदस्य“ भन्नाले परिषद्को सदस्य सम्झनु पर्छ।