दफा २३
परिवारको लगत तयार गर्न कर्मचारी खटाउन सकिने
(१) व्यक्तिगत घटना दर्ता गर्ने तथा नागरिक अभिलेख तयार गर्ने प्रयोजनको लागि लगत तयार पार्न आवश्यक देखिएमा मन्त्रालयले सो कामको लागि कर्मचारी खटाउन सक्नेछ।

(२) उपदफा (१) बमोजिम खटिएको कर्मचारीले मागेको विवरण वा सोधिएको प्रश्नावलीको जवाफ दिनु सम्बन्धित व्यक्तिको कर्तव्य हुनेछ।