नियम ५९
परिवारमा आधारित हेरचाह गर्ने संस्थाको _अनुमति
(१) परिवारमा आधारित हेरचाह गर्ने संस्थाको सञ्चालन अनुमतिको लागि अनुसूची-१ बमोजिमक्रो_ ढाँचामा सोही अनुसूचीमा उल्लिखित कागजात संलग्न गरी परिषद्मा निवेदन दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम अनुमति लिन चाहने संस्थाले देहाय बमोजिमको योग्यता पूरा गरेको हुनु पर्नेछ:- (क) प्रचलित- कानून बमोजिम नाफारहित सामाजिक संस्थाको रुपमा दर्ता भएको, (ख) संस्थाको विधानमा परिवारमा आधारित हेरचाह गर्ने उद्देश्य उल्लेख भएको, (ग)/ परिवारमा आधारित हेरचाह गर्ने संस्था सम्बन्धी परिषद्ले तोकेका न्यूनतम मापदण्ड तथा शर्तहरू पूरा भएको, (घ) संस्थाको सञ्चालकको देहाय बमोजिमको योग्यता पूरा भएको:- (१) नेपाली नागरिक, (२) पच्चीस वर्ष उमेर पूरा भएको, (३) आधारभूत तहको शिक्षा हासिल गरेको, (४) बाल अधिकार, बाल संरक्षण तथा बाल कल्याण कार्यमा कम्तीमा सातदिन सम्मको अभिमूखीकरण तालीम प्राप्त गरेको,

(५) नैतिकपतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार नठहरिएको,

(६) उच्च नैतिक चरित्र भएको,

(७) आफ्नो जिविकोपार्जनका लागि छुट्दै आय आर्जनको स्रोत भएको ।

(३) उपनियम (१) बमोजिम प्राप्त निवेदन जाँच गर्दा परिवारमा आधारित हेरचाह गर्ने संस्था सञ्चालनको अनुमति दिन उपयुक्त देखिएमा परिषद्ले अनुमति दिन सक्नेछ।

(४) परिषद्ले, उपनियम (३) बमोजिम अनुमतिप्राप्त संस्थालाई अनुसूची-२ बमोजिमको ढाँचामा परिवारमा आधारित हेरचाह गर्ने संस्था सञ्चालनको प्रमाणपत्र उपलव्ध गराउनु पर्नेछ ।

(५) परिवारमा आधारित हेरचाह गर्ने संस्था सञ्चालन गर्न अनुमतिप्राप्त संस्थाले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र नवीकरण गराउनु पर्नेछ ।

(६) परिवारमा आधारित हेरचाह गर्ने संस्था सञ्चालन गर्न अनुमति प्राप्त संस्थाले नवीकरणका लागि अनुसूची-३ बमोजिमको ढाँचामा सोही अनुसूचीमा उल्लिखित कागजात संलग्न गरी निवेदन दिनु पर्नेछ । (७) उपनियम (६) बमोजिम निवेदनको जाँच गरी परिषद्ले सञ्चालन अनुमति प्रमाणपत्रको नवीकरण गर्नेछ ।

(८) यो नियमावली प्रारम्भ हुँदाका बखत सञ्चालनमा रहेका परिवारमा आधारित हेरचाह गर्ने संस्थाले, यो नियमावली प्रारम्भ भएको एक वर्षभित्र परिषद्बाट अनुमति: लिनु पर्नेछ ।

(९) परिषद्ले कार्ययोजना बनाई यस नियम बमोजिम सञ्चालन अनुमति पाएका परिवारमा आधारित हेरचाह गर्ने संस्थाको अनुगमन तथा आकस्मिक निरीक्षण गर्न सक्नेछ ।