दफा ९
परिषद्को काम, कर्तव्य र अधिकार
परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) पशु चिकित्सा व्यवसाय सुचारु रुपबाट संचालन गर्नको लागि आवश्यक नीति,
योजना तथा कार्यक्रमहरु तयार गरी त्यसको कार्यान्वयन गर्ने ।
(ख) पशु स्वास्थ्य सेवा र तत्सम्बन्धी प्रणालीलाई सुव्यवस्थित, स्तरीय, मर्यादापूर्ण र
प्रभावकारी बनाउन आवश्यक नीति, कार्ययोजना तथा कार्यक्रमहरु तर्जुमा गरी
कार्यान्वयनको लागि नेपाल सरकार समक्ष पेश गर्ने ।
(ग) पशु औषधि, जैविक पदार्थ, पशुको दाना, चल्ला तथा पशु उत्पादन सामग्रीलाई
गुणस्तरयुक्त बनाउन आवश्यक पर्ने मापदण्ड तयार गर्न नेपाल सरकारलाई
बुझाव दिने ।
(घ) पशु चिकित्सकहरुको योग्यता निर्धारण गर्ने र त्यसरी निर्धारित योग्यता पूरा गरेका
पशु चिकितसकहरुको नाम दर्ता गरी अद्यावधिक अभिलेख राख्ने ।
(ङ) दर्तावाल पशु चिकित्सकहरुले पालन गर्नु पर्ने आचार संहिता तयार गरी लागू गर्ने ।
(च) पशु चिकित्सा शिक्षा दिने शिक्षण संस्था र त्यस्ता संस्थाहरुले प्रदान गरेका
प्रमाणपत्र तथा उपाधिहरुलाई तोकिए बमोजिम मान्यता दिने ।
(छ) पशु चिकित्सा र पशु स्वास्थ्यसंग सम्बन्धित विषयमा नेपाल सरकारलाई आवश्यक
परामर्श दिने ।
(ज) पशु औषधिको खोज वा आविष्कार गर्ने कार्यमा प्रयत्नशील रहने ।
(झ) अन्तर्राष्ट्रिय क्षेत्रमा हासिल गरिएका पशु चिकित्सासंग सम्बन्धित अनुसन्धान वा
अनुभवहरुको आदान प्रदान गरी नेपालको लागि उपयुक्त हुने कुराहरु लागू गर्न
नेपाल सरकार समक्ष सिफारिस गर्ने ।
(ञ) दर्तावाल पशु चिकित्सकले आचार संहिताको पालन नगरेमा तोकिए बमोजिमको
कार्यविधि पूरा गरी त्यस्तो पशु चिकित्सकको नाम परिषद्बाट हटाउने ।
(ट) परिषद्को उद्देश्य प्राप्तिको लागि आवश्यक पर्ने अन्य कार्यहरु गर्ने ।