दफा ६ख
परिषद्को काम, कर्तव्य र अधिकार
परिषद्को काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ
(क) राष्ट्रिय कृषि नीतिको अधीनमा रही कृषि सम्बन्धी अध्ययन तथा अनुसन्धान गर्न आवश्यक नीति निर्माण गर्ने ।
(ख) कृषि सम्बन्धी अध्ययन तथा अनुसन्धानको प्राथमिकता तोक्ने ।
(ग) कृषि सम्बन्धी अध्ययन तथा अनुसन्धान गर्न आवश्यक वार्षिक कार्यक्रम र बजेट स्वीकृत गर्ने ।
(घ) परिषद्को कार्यालयको संगठनको ढाँचा र कर्मचारी दरबन्दी स्वीकृत गर्ने ।
(ङ) नेपालमा भएका कृषि सम्बन्धी अनुसन्धान कार्यहरूको समीक्षा गर्ने ।
(च) कृषि सम्बन्धी समस्याहरूको पहिचान गरी राष्ट्रिय कृषि नीति तर्जुमा गर्न नेपाल सरकारलाई सुझाव दिने ।
(छ) समितिलाई आवश्यक निर्देशन दिने ।