दफा
परिषद्को काम, कर्तव्य र अधिकार

परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–

(१) स्वास्थ्य व्यवसाय सम्बन्धी काम सुचारू रूपले सञ्चालन गर्न आवश्यक नीति निर्धारण गर्ने ।

(२) स्वास्थ्य व्यवसायी सम्बन्धी अध्ययन, अध्यापन गराइने शिक्षण संस्थाहरूको पाठ्यक्रम, भर्नाका शर्तहरू तथा परीक्षा प्रणाली सम्बन्धी नीति निर्धारण गरी तत्सम्बन्धी कुराहरूको मूल्यांङ्कन र पुनरावलोकन गर्ने ।

(३) स्वास्थ्य व्यवसायीहरूको योग्यताको निर्धारण गरी योग्यता पुगेका स्वास्थ्य व्यवसायीहरूको नाम दर्ता गर्ने व्यवस्था गर्ने ।