दफा १३
रजिष्ट्रार

(१) परिषद्को प्रशासकीय काम कारबाही गर्न नेपाल सरकारले स्वास्थ्य व्यवसायमा संलग्न कुनै व्यक्तिलाई रजिष्ट्रारमा नियुक्त गर्न वा तोक्न सक्नेछ ।

(२) रजिष्ट्रारले परिषद्को सचिव भै काम गर्नेछ ।

(३) रजिष्ट्रारको सेवा, शर्त र सुविधा तोकिए बमोजिम हुनेछ ।

(४) रजिष्ट्रारको अनुपस्थितिमा निजले गर्नु पर्ने सबै काम कारबाही गर्न नेपाल सरकारले परिषद्को अन्य कुनै अधिकृत तहको कर्मचारीलाई तोक्नेछ ।