Preamble
प्रस्तावना
– नेपालको स्वास्थ्य सेवालाई समयानुकूल प्रभावकारी बनाउन मेडिकल काउन्सिल ऐनमा दर्ता हुन योग्य चिकित्सक, नर्स बाहेकका स्वास्थ्य व्यवसायीहरूको सेवालाई व्यवस्थित एवं वैज्ञानिक ढङ्गले परिचालन गर्न तथा उनीहरूको योग्यता अनुसार नाम दर्ता गर्ने व्यवस्था गर्न स्वास्थ्य व्यवसायी परिषद्को स्थापना गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको पच्चीसौं वर्षमा संसदले यो ऐन बनाएकोछ ।