दफा
परिषद्को काम, कर्तव्य र अधिकार
परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः ०

(क) खेलकुदको विकासको लागि अवलम्बन गर्नु पर्ने नीति, रणनीति, खेलकुदको सञ्चालन तथा विकासर खेलकुद पूर्वाधारको सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने,

(ख) नेपाल सरकारबाट स्वीकृत नीति तथा रणनीतिको अधीनमा रही खेलकुद सम्बन्धी योजना तथा कार्यक्रम बनाई लाग्‌ गर्ने,

(ग) परिषद्को वार्षिक योजना, कार्यक्रम तथा बजेट स्वीकृत गर्ने,
(घ) परिषद्को मानवस्रोत विकास एवं व्यवस्थापन योजना तथा संगठन संरचना तयार गरी मन्त्रालयमा पेश गर्ने,

(ङ) खेलकुद विकासको लागि आवश्यक पर्ने खेल सामग्रीको व्यवस्थापन गर्ने, साधन स्रोत जुटाउने, परिचालन गर्ने तथा सोको लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने,

(च) राष्ट्रिय तथा अन्तर्रीष्ट्रियस्तरका खेलकुद प्रतियोगिताको आयोजना गर्ने, गराउने,

(छ) खेल सम्बन्धी संस्था तथा खेलाडीलाई उपलब्ध गराइने आर्थिक तथा अन्य सहयोग र छात्रवृत्ति सम्बन्धी मापदण्ड निर्धारणका लागि मन्त्रालयमा सिफारिस गर्ने,

(ज) परिषद्‌, समिति, राष्ट्रिय खेल संघ वा महासंघका पदाधिकारी, सदस्य तथा कर्मचारी, खेलाडी, प्रशिक्षक, खेल व्यवस्थापक, रेफ्री तथा खेल आयोजक र दर्शकले पालना गर्नु पर्ने विषयका सम्बन्धमा आचारसंहिता बनाई लागू गर्ने, गराउने,

(झ) खेलकुद पूर्वाधारको निर्माण, व्यवस्थापन तथा मर्मत सम्भार गर्ने, गराउने,

(ज) खेलकुद पूर्वाधार विकास गर्दा कायम गर्नु पर्ने न्यूनतम मापदण्ड निर्धारण गर्ने र सोको अनुगमन गर्ने, गराउने,

(ट) अन्तरप्रदेश, प्रदेश तथा स्थानीय तहमा खेलकुदको सञ्चालन, विकास तथा पूर्वाधार विकासको लागि प्रदेश सरकार तथा स्थानीय तहसँग आवश्यक समन्वय, सहयोग तथा सहकार्य गर्ने,

(ठ) परिषद्को कर्मचारी तथा आर्थिक प्रशासन सम्बन्धी विनियम बनाउने,

(ड) यस ऐनको प्रतिकूल नहुने गरी खेलकुद सञ्चालन सम्बन्धी कार्यविधि तथा निर्देशिका बनाई लागू गर्ने, गराउने,

(ढ) खेलकुद सम्बन्धी तालिम केन्द्र तथा प्रतिष्ठान स्थापना गर्न पहल गर्ने,

(ण) निजीक्षेत्रबाट सञ्चालन हुने फुटसल, पौडीपोखरी, जीम जस्ता खेलकुद तथा मनोरञ्जन केन्द्रको पूर्वाधार निर्माण एवं सञ्चालन गर्न मापदण्ड निर्धारणका लागि मन्त्रालयमा सिफारिस गर्ने,

(त) खेल तथा खेलाडीहरुको वर्गीकरण गर्ने र खेलाडीहरुको सामाजिक सुरक्षाको लागि आवश्यक पहल गर्ने,

(थ) खेलाडीहरुको वर्गीकरण अनुसार परिचयपत्रको व्यवस्था गर्ने,

(द) ओलम्पिक कमिटीसँग आवश्यक समन्वय गर्ने,

(ध) खेलकुद विकासको लागि आवश्यक अध्ययन अनुसन्धान गर्ने, गराउने ।