दफा १०
परिषद्को काम, कर्तव्य र अधिकार
यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

(क) विश्वविद्यालयको प्राज्ञिक, शैक्षिक, आर्थिक र व्यवस्थापन सम्बन्धी नीति तथा मापदण्ड निर्धारण गर्ने,

(ख) विश्वविद्यालयको उद्देश्य अनुरूप विश्वविद्यालयको अल्पकालीन तथा दीर्घकालीन योजना तथा रणनीति स्वीकृत गर्ने,

(ग) विश्वविद्यालयको वार्षिक बजेट र कार्यक्रम स्वीकृत गर्ने,

(घ) विश्वविद्यालयका लागि आवश्यक स्रोत साधनको व्यवस्थापन गर्ने वा गराउने,

(ङ) विश्वविद्यालयबाट प्रदान गरिने उपाधिहरू निर्धारण र स्वीकृत गर्ने,

(च) विश्वविद्यालयको शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्ने स्कूल, अनुसन्धान केन्द्र स्थापना तथा नयाँ कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिने,

(छ) विश्वविद्यालयको प्राज्ञिक मूल्य र मान्यतालाई संरक्षण र सम्बर्द्धन गर्ने,

(ज) विश्वविद्यालयको लागि आवश्यक आर्थिक स्रोत जुटाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा सम्पर्क, वार्ता तथा सहकार्य गर्ने वा गराउने,

(झ) विश्वविद्यालयको भौतिक संरचनाको गुरुयोजना तयार गरी निर्माण गर्ने वा गराउने,

(ज) लेखापरीक्षक नियुक्त गर्ने, लेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनमा छलफल गरी स्वीकृत गर्ने,

(ट) परिषद्को वार्षिक प्रतिवेदनमा छलफल गरी स्वीकृत गर्ने, र

(ठ) विश्वविद्यालयको उद्देश्य प्राप्तिका लागि आवश्यक अन्य कार्य गर्ने।