नियम ७६
परिषद्को काम, कर्तव्य /र-अधिकार
(१) यस नियममा अन्यत्र उल्लिखित काम, कर्तव्य. र अधिकारको अतिरिक्त परिषद्को अन्य काम, कर्तव्य र्‌ अधिकार देहाय बमोजिम हुनेछः-

(क) बालबालिकाको अधिकारको सम्मान, संरक्षण, प्रवर्द्धन र परिपूर्तिको लागि आवश्यक नीति, कानून, योजना, कार्यक्रम र संस्थागत संयन्त्रको व्यवस्था गर्न नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई सुझाव दिने, (ख) बालबालिका सम्बन्धी राष्ट्रिय सूचना प्रणालीको विकास, सञ्चालन, व्यवस्थापन तथा सुदृढीकरण गर्ने,

(ग) परिषद्को दीर्घकालीन नीति, योजना र वार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गर्ने,

घ)। नेपाल सरकारले जारी गरेका बालबालिकासँग सम्बन्धित नीति तथा कानूनको कार्यान्वयनको लागि समन्वय तथा. सहकार्य गर्ने तथा कार्यान्वयन स्थितिको आवधिक समीक्षा गरी मन्त्रालयसमक्ष प्रतिवेदन पेश गर्ने,

छ) नेपाल सरकारद्वारा सञ्चालित बालबालिका सम्बन्धी कार्यक्रमको सूल्याड्गढन तथा समीक्षा गरी सुझाव दिने,

तव) नेपाल पक्ष रहेका बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि अन्तर्गत आवधिक प्रतिवेदन तयार गर्न सहजीकरण गर्ने,

तछ) प्रदेश सरकार र स्थानीय तहद्वारा सञ्चालित बालबालिका सम्बन्धी कार्यक्रमको अनुगमन, मूल्याङ्कन गर्ने तथा समीक्षा सहितको वार्षिक प्रतिवेदन तयारीको लागि प्रदेश र स्थानीय बाल अधिकार समितिसँग समन्वय र सहजीकरण गर्ने,

(ज) बाल अधिकार संरक्षण तथा प्रवर्द्धन गर्ने सम्बन्धमा सरोकारवालाको क्षमता अभिवृद्धि गर्ने,

(झ) प्रदेश र स्थानीय बाल अधिकार समितिबाट प्राप्त वार्षिक प्रतिवेदन तथा विवरण समेतको आधारमा बालबालिका सम्बन्धी «राष्ट्रिय स्थिति प्रतिवेदन वार्षिक रूपमा सार्वजनिक गर्ने,

(न) परिषद्को कार्यालय, कर्मचारी दरबन्दी तथा जनशक्ति र आर्थिक स्रोत साधनको व्यवस्था मिलाउने, परिचालन गर्ने, तालीम दिने तथा क्षमता अभिवृद्धि गर्ने,

(ट) नेपाल सरकारको अर्थ मन्त्रालयको स्वीकृति लिई बाल संरक्षण तथा बाल अधिकार प्रवर्द्धनका लागि द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार एवं अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट प्राप्त सहायता परिचालन गरी आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गर्ने,

छ) विपदका समयमा बाल संरक्षणका लागि आवश्यक समन्वय, सेवा प्रवाह अवस्थाको अनुगमन, बालबालिकाको उद्धार तथा संरक्षणको कार्य गर्ने,

(ड) स्थानीय तहलाई बालमैत्री बनाउन प्रवर्धनात्मक तथा . सहजीकरणका कार्यक्रम सञ्चालन गर्ने,

(ढ) मुलुकबाहिर ओसारपसार, बेचबिखन, हिंसा, शोषणको शिकार भएका तथा बेवारिसे भएका नेपाली बालबालिकाको उद्धार, स्वदेश फिर्ती, परिवार पहिचान तथा पुनर्मिलन र पुनर्स्थापनाको कार्य गर्ने,

(ण) नेपाल सरकारको स्वीकृत योजना, वार्षिक नीति तथा कार्यक्रम अनुकूल प्राथमिकता निर्धारण गरी बाल संरक्षण तथा बाल अधिकार प्रवर्द्धनका लागि विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने,

(त) बाल सुधार गृहको सञ्चालन तथा व्यवस्थापनका लागि समन्वय तथा सहजीकरण गर्ने ।

(२) परिषद्ले उपनियम (१) बमोजिम आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार आवश्यकता अनुसार परिषद्को उपाध्यक्ष वा सदस्य-सचिवलाई प्रत्यायोजन गर्न सक्नेछ ।