दफा २०
परिषद्को कोष
(१) परिषद्को आफ्नो एउटा छुट्टै कोष हुनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरु रहनेछन् :-
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) परिषद्ले प्रदान गर्ने खेलकुद सम्बन्धी प्रशिक्षणको शुल्क बापतको रकम,
(ग) कुनै व्यक्ति बा संघ, संस्थाबाट प्राप्त सहयोग रकम,
(घ) विदेशी सरकार, अन्तर्रष्ट्रिय संघ, संस्था वा व्यक्तिबाट प्राप्त सहयोग रकम,
(ङ) राष्ट्रिय खेल संघ र ओलम्पिक कमिटीको दर्ता तथा नवीकरण बापत प्राप्त रकम ।
(३) उपदफा (२) को खण्ड (घ) बमोजिमको रकम प्राप्त गर्नु अघि परिषद्ले नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ ।
(४) परिषद्को नामबाट गरिने सबै खर्चहरु उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ ।
(५) परिषद्को कोषमा रहने सम्पूर्ण रकम नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व रहेको बैंकमा खाता खोली जम्मा गरिनेछ ।
(६) परिषद्को कोषको खाता सदस्य-सचिव वा निजले तोकेको कर्मचारी र परिषद्को लेखा हेर्ने प्रमुख कर्मचारीको संयुक्त दस्तखतमा सञ्चालन हुनेछ ।