दफा
परिषद्को गठन
(१) नेपाल कानू व्यवसायी परिषद्‌मा देहाय बमोजिमका पार्षद्हरु रहनेछन्ः
(क) नेपालको महान्यायाधिवक्ता,
(ख) अध्यक्ष, नेपाल बार एशोसिएशन,
(ग) रजिष्ट्रार, सर्वोच्च अदालत,
(घ) डीन, कानून संकाय, त्रिभुवन विश्वविद्यालय,
(ङ) नेपालको प्रत्येक प्रदेशमा कानून व्यवसाय गर्ने वरिष्ठ अधिवक्ता तथा अधिवक्तहरुको निर्वाचित वरिष्ठ अधिवक्ता वा अधिवक्ताहरु र
(च) नेपाल बार एशोसिएशनबाट मानोनित दुई जना वरिष्ठ अधिवक्ता वा अधिवक्ताहरु ।
(२) नेपालको महान्यायाधिवक्ता परिषद्को अध्यक्ष र नेपाल बार एशोसिएनको अध्यक्ष परिषद्को उपाध्यक्ष हुनेछन्।
(३) उपदफा (१) को खण्ड (ङ) अन्तर्गत निर्वाचित पार्षद्हरुको पदावधि पाँच वर्षको र खण्ड (च) अन्तर्गत मानोनीत पार्षद्हरुको पदावधि दुई वर्षको हुनेछ ।
(४) कानून व्यवसायीको रुपमा प्रमाणपत्र प्राप्त गरी कम्तीमा दश वर्ष कानून व्यवसायको काम गरी सकेका कानून व्यवसायीहरु मात्र उपदफा (१) को खण्ड (ङ) र (च) अन्तर्गत पार्षद् हुन योग्य हुनेछन्।
(५) उपदफा (१) को खण्ड (ङ) अन्तर्गत पार्षद्हरु निर्वाचित नभएसम्मका लागि नेपाल बार एसोशिएशनले सम्बन्धित प्रदेशका एक एक जना गरी सातजना कानून व्यवसायीलाई बढीमा एक वर्षका लागि पार्षद्मा मनोनयन गर्न सक्नेछ ।
(६) अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने कामहरु उपाध्यक्षले गर्नेछ ।