दफा ११
परिषद्को बैठक सम्बन्धी व्यवस्था

११. परिषद्को बैठक सम्बन्धी व्यवस्थाः

(१) परिषद्को बैठक एक अवधिको योजना समाप्त भई अर्को अवधिको लागि तर्जुमा गरिएको योजनामा छलफल गर्न बस्नेछ ।
(२) परिषद्को बैठक परिषद्को अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(३) परिषद्को बैठकको अध्यक्षता परिषद्को अध्यक्ष र निजको अनुपस्थितिमा परिषद्को उपाध्यक्षले गर्नेछ ।
(४) आयोगको सचिवले परिषद्को सदस्य–सचिव भई काम गर्नेछ ।
(५) परिषद्को बैठकमा सम्वद्ध पदाधिकारी तथा विशेषज्ञलाई आमन्त्रण गर्न सकिनेछ ।
(६) परिषद्को निर्णय आयोगको उपाध्यक्षले प्रमाणित गर्नेछ ।
(७) परिषद्को बैठक सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।