दफा २३
परिषद्को विघटन –
(१) परिषद्ले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम
आफूलाई प्राप्त अधिकारको प्रयोग गर्न नसकेको वा बराबर अधिकारको दुरुपयोग गरेको वा
त्यस्तो अधिकारभन्दा बढी अधिकारको प्रयोग गर्ने गरेको वा यस ऐन अन्तर्गत बनेको नियमावली
बमोजिम आफनो कर्तव्य पालन गर्न नसकेको भन्ने नेपाल सरकारलाई लागेमा सो कुरा सुधार
गर्न वा सच्याउन नेपाल सरकारले परिषद्लाई निर्देशन दिनेछ ।
(२) उपदफा (१) बमोजिम दिइएको निर्देशन बमोजिम परिषद्ले आफनो काम कारबाही
सुधार गर्न वा सच्याउन नसकेमा नेपाल सरकारले परिषद्लाई विघटन गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम परिषद् विघटन भएपछि अर्को परिषद् गठन नभएम्म
परिषद्को कोष तथा सम्पत्ति नेपाल सरकारले आफनो जिम्मामा राखी यो ऐन वा यस ऐन
अन्तर्गत बनेको नियमावली बमोजिम परिषद्ले प्रयोग गर्ने सबै अधिकार नेपाल सरकार आफैंले
प्रयोग गर्न वा समिति गठन गरी सो समितिबाट गराउन सक्नेछ ।
(४) उपदफा (२) बमोजिम परिषद् विघटन भएको तीन महिनाभित्र नेपाल सरकारले
दफा ५ बमोजिम नयाँ परिषद्गठन गर्नेछ ।