दफा १७
पशञ्जिकाधिकारी
(१) यस ऐनको प्रयोजनको लागि विभागको महानिर्देशक केन्द्रीय पञ्जिकाधिकारी (रजिष्ट्रार) को रुपमा रहनेछ।
(२) प्रत्येक गाउँपालिका वा नगरपालिकाको वडा कार्यालयको प्रशासकीय प्रमुखको रुपमा कामकाज गर्न अधिकार प्राप्त कर्मचारी, विदेशस्थित नेपाली नियोगमा पञ्जीकरण सम्बन्धी कार्य गर्न तोकिएको अधिकृत तथा महानिर्देशकले तोकेका अन्य पदाधिकारीले केन्द्रीय पञ्चिकाधिकारीको मातहतमा रहने गरी स्थानीय पञ्जिकाधिकारी (रजिष्ट्रार) को रुपमा कार्य गर्नु पर्नेछ।
(३) पञ्जीकरण व्यवस्थापनका लागि प्रत्येक वडा कार्यालय तथा मन्त्रालयले तोकिदिएका अन्य कार्यालयले स्थानीय पञ्जीकरण कार्यालयको रुपमा कार्य गर्नेछ।