दफा ८८ढ
पारस्परिक सहयोगको आदान प्रदान गर्ने
(१) विशेष प्रशाषन समूहलले बैङ्कको पूर्व स्वीकृत लिई कुनै वाणिज्य बैंक वा वित्तीय संस्थाको फरफारखको प्रक्रिया अगाडि बढाउने सिलसिलामा विदेशी मुलुकको सम्बन्धित निकायसँग आवश्यकता अनुसार सहयोगका लागी अनुरोध गर्न सक्न्ेछ । (२) विशेष प्रशाषन समूहलले कुनै वाणिज्य बैंकवा वित्तीय संस्थाको फरफारखको प्रक्रियाका सम्बन्धमा बैङ्कको पूर्व स्वीकृत लिई अर्को मुलुकमा भइरहेको कारबाहीलाई पारस्परिकताको आधारमा सहयोग गर्न वा अर्को मुलुकको अधिकार प्राप्त निकायले गरिरहेको काम कारबाहीलाई मान्यता प्रदान गर्ने गरी आवश्यक कारबही अगाडी बढाउन सक्नेछ । यस्तो सहयोग गर्दा वा काम कारबाहीलाई मान्यता प्रदान गर्दा दाबीकर्ताहरुलाई समान व्यवहार गर्नु पर्नेछ । (३) गोपनियता कायम गर्नु पर्ने तथा संवेदनशिल तथ्याङ्कहरुको सुरक्षा गर्नु पर्ने अवस्थामा बाहेक विशेष प्रशाषन समूहले फरफारखको प्रक्रियामा रहेको वाणिज्य बैंकवा वित्तीय संस्थाको लेना असूली, फरफारख योजना आदिका विषयमा बैङ्कको पूर्व स्वीकृत लिई विदेशी मुलुकको सम्बन्धित नियायसंग सूचना आदान प्रादान गर्न सक्नेछन् । (४) नेपालमा स्थापित भई विदेशमा समेत शाखा वा कार्यालय रहेको वाणिज्य बैंङ्क वा वित्तीय संस्था वा विदेशी मुलुकमा स्थापना भई नेपालमा शाखा वा कार्यालय रहेको कुनै वाणिज्य बैंङ्क वा वित्तीय संस्थाको फरफारखका सम्बन्धमा बैंकतथा निक्षेप बीमा सुरक्षण गर्ने संस्थाले समेत एक आपसमा समन्वय र सहयोग आदान प्रदान गर्न सक्नेछन् । (५) बैंकतथा निक्षेप बिमा सुरक्षण गर्ने संस्थाले विदेशी मुलुकका सम्बन्धित निकायले गरिरहेको फरफारख तथा सोको योजनाका सम्बन्धमा आपसी सम्झौता गरी फरफारखमा परेको वाणिज्य बैंकवा वित्तीय संस्थाको सम्बन्धमा प्रभाव पार्ने कुनै घटना वा समस्याको बारेमा कुनै जानकारी वा सहयोग माग गरेकोमा त्यस्तो जानकारी वा सहयोग आदान प्रदान गर्न सक्नेछन् । (६) यस दफा बमोजीम पारस्परिकताको आधारमा विदेशी मुलुकको केन्द्रिय बैङ्क, वाणिज्य बैंकवा वित्तीय संस्था वा निक्षेप बीमा सुरक्षण गर्ने संस्थासँग कुनै सहयोग लिनुपर्दा वा समन्वय गर्नुपर्दा सरकारी स्तरबाटै त्यस्तो सहयोग तथा समन्वय आवश्यक परेमा सो सम्बन्धमा आवश्यक व्यवस्था मिलाई दिन बैङ्कले नेपाल सरकारसमक्ष सिफारिस गर्नेछ ।