दफा १९
पारिवारिक निवृत्तभरण वा उपदान
(१) देहायका अवस्थामा देहायका अवधिसम्मको लागि संवैधानिक निकायका पदाधिकारीले आफ्नो परिवारका सदस्यहरू मध्ये इच्छाएको व्यक्तिलाई र त्यस्तो इच्छाइएको व्यक्तिको पनि मृत्यु भएमा वा कसैलाई पनि नइच्छाएकोमा निजको परिवारका सदस्यहरूमध्ये नजिकको हकदारलाई दफा १८ बमोजिमको निवृत्तभरण वा उपदान दिइनेछः–
(क) पदमा बहाल छँदै संवैधानिक निकायका पदाधिकारीको मृत्यु भएमा मृत्यु भएदेखि सात वर्ष सम्म,
(ख) दफा १८ बमोजिम निवृत्तभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएमा सो सात वर्ष नपुगेको बाँकी अवधिसम्म ।
(२) पदमा बहाल छँदै संवैधानिक निकायका पदाधिकारीको मृत्यु भएमा र दफा १८ बमोजिम निवृृत्तभरण पाउने नभई उपदान मात्र पाउने रहेछ भने सो उपदानको रकम निजको परिवारका सदस्यहरू मध्ये उपदफा (१) बमोजिमको व्यक्तिले पाउनेछ ।
(३) संवैधानिक निकायका पदाधिकारीको पदमा बहाल छँदै वा निवृत्तभरण पाउन थालेको सात वर्ष नपुग्दै संवैधानिक निकायका पदाधिकारीको मृत्यु भएमा निजको विधवा पत्नी वा विधुर पतिले उपदफा (१) बमोजिम पारिवारिक निवृत्तभरण पाउने भएमा सो निवृत्तभरण पाउने अवधि भुक्तान भएको मितिदेखि र त्यस्तो निवृत्तभरण नपाउने भएमा वा निजको पति वा पत्नीले निवृत्तभरण पाउन थालेको सात वर्ष व्यतित भइसकेपछि निजको पति वा पत्नीको मृत्यु भएकोमा मृत्यु भएको मितिदेखि आजीवन निजको विधुर पति वा विधवा पत्नीले निवृत्तभरणको आधा रकम पाउनेछ ।
(४) बहालवाला संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक वृद्धि हुँदा खाईपाई आएको पारिश्रमिकमा जति रकम वृद्धि भएको छ त्यसको दुई तिहाई रकम उपदफा (१) र (३) बमोजिम पारिवारिक निवृत्तभरण पाइरहेका व्यक्तिले खाइपाई आएको पारिवारिक निवृत्तभरण रकममा पनि थप गरिनेछ ।